रोमाञ्चक जितसँगै क्रेज्किकोभा फ्रेन्च ओपनको फाइनलमा
एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले ग्रिसकी मारिया सकारीलाई २–१ ले हराउँदै फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएकी छन्। २५ वर्षीया क्रेज्किकोभाले तीन घण्टा १८ मिनेट लगाएर सकारीलाई ७–५, ४–६, ९–७ को सेटमा हराएकी थिइन्। ‘‘सधैं यस्तै चुनौतीपूर्ण खेल खेल्न चाहन्थे’’, ३३औं वरियाताप्राप्त क्रेज्किकोभाले भनिन्,‘‘आज हारेको भए पनि गर्व लाग्थ्यो। अन्तिमसम्म संघर्ष गर्नु महत्वपूर्ण हो।’’
प्रतिक्रिया दिनुहोस्
