इङ्ल्यान्डका रक्षक म्यागुएर प्रशिक्षणमा फर्किए
एजेन्सी। इङ्ल्यान्डका रक्षक ह्यारी म्यागुएर प्रशिक्षणमा फर्किएका छन्। युरो-२०२० मा इङ्ल्यान्डले १३ जुनमा क्रोएसियाविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ। क्रोएसियाविरुद्धको खेलअघि रक्षक म्यागुएर अभ्यासमा फर्किएका हुन्। म्यागुएरले ९ मेबाट खेलेका छैनन्। म्यानचेस्टर युनाइटेडका कप्तान म्यागुएर प्रिमियर लिगमा एष्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका छन्। समूह 'डी' मा इङ्ल्यान्डले १८ जुनमा स्कटल्यान्ड र २२ जुनमा चेक गणतन्त्रविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्
