स्पेनका रक्षक लोरेन्टे कोभिड–१९ संक्रमण मुक्त
एजेन्सी। स्पेनका रक्षक डिएगो लोरेन्टे कोभिड–१९ संक्रमण मुक्त भएर शुक्रबार अभ्यासमा फर्किने तयारीमा छन्। स्पेनका कप्तान सर्जियो बुस्केट र लोरेन्टे यसै साताको सुरुमा कोरोना संक्रमित भएका थिए। दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्पेनले १७ बैकल्पिक खेलाडीलाई पनि छुट्टै प्रशिक्षण गराइ राखेको छ। युरो-२०२० को समूह 'ई' मा रहेको स्पेनले १४ जुनमा स्विडेनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।
प्रतिक्रिया दिनुहोस्
