नयाँ खेलाडीलाई डेब्यू गराउने मुख्य प्रशिक्षक अल्मुताइरीको संकेत काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा नयाँ खेलाडीलाई डेब्यू गराउने संकेत दिएका छन्। पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान डेब्युको प्रतीक्षामा छन्। "हो सबैथोक राम्रो भयो भने उनीहरु खेल्न सक्छन्। अष्ट्रेलियाविरुद्धको खेल कठिन हुनेछ। तर उनीहरुका लागि खेल्नु महत्वपूर्ण छ," अल्मुताइरीले भने। नेपालले शुक्रबार राती ९:४५ बजे कुवेतमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्