लाजियोको प्रशिक्षकमा सारी एजेन्सी। चेल्सीका पूर्वप्रशिक्षक माउरिसियो सारीलाई इटालियन क्लब लाजियोले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पाँच वर्षको कार्यकालपछि सिमोनी इन्जाघीले गत मेको अन्त्यमा राजीनामा दिएपछि लाजियोका मुख्य प्रशिक्षको पद रिक्त थियो। ६२ वर्षे सारीलाई लाजियोले दुई वर्षका लागि नियुक्त गरेको हो। सारीले यसअघि युभेन्टसको पनि प्रशिक्षण सम्हालेका थिए। लाजियोले छैटौं स्थानमा रहेर इटालियन सिरी 'ए' को अन्त्य गरेको थियो।
प्रतिक्रिया दिनुहोस्