इकार्डीको ह्याट्रिकमा पिएसजीको जित
काठमाडौं। माउरो इकार्डीले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले दश खेलाडीमा सिमित भएको सेन्ट-एटिनेमाथि ६-१ को फराकिलो नतिजा निकाल्दै फ्रेन्च लिग कपको अन्तिम चारमा स्थान बनाएको छ।

इन्टर मिलानबाट लोनमा फ्रान्स पुगेका इकार्डीले दोस्रो मिनेटमै पिएसजीलाई अग्रता दिएका थिए।

३१औं मिनेटा वेस्ले फोफानाले दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि भ्रमणकारी सेन्ट-एटिने दश खेलाडीमा सिमित भएको थियो।

नेइमारले ३९औं मिनेटमा अग्रता दोब्बर बनाए भने जोसी मोउलिनले ४४औं मिनेटमा आत्मघाती गोल गरेपछि पिएसजीले पहिलो हाफमै तीन गोलको अग्रता बनायो।

४९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका इकार्डीले त्यसको आठ मिनेटपछि ह्याट्रिक गरेक थिए।

केलियन एमबाप्पेले ६७औं मिनेटमा अर्को थपेपछि पिएसजीले ६ गोलको अग्रता बनायो।

योहान काबाएले ७१औं मिनेटमा गरेको गोल सेन्ट-एटिनेका लागि सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्