जातिभेदी व्यवहार देखाएको आरोपमा भलिबल खेलाडीमाथि प्रतिबन्ध
एजेन्सी। खेलका क्रममा आँखाले जातिभेदी व्यवहार आरोपमा सर्बियाकी महिला खेलाडी सान्जा युर्येभिचमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ। गत साता थाइल्यान्डविरुद्धको खेलमा उनले हातका औंला आफ्ना आँखातिर देखाएकी थिइन्। उनको यो व्यवहारलाई लिएर सामाजिक सन्जालमा आलोचना भएको थियो। सर्बियाको भलिबल संघले गलत बुझिएको भन्दै युर्येभिचको बचाउ गर्ने प्रयास गरेपछि संघलाई पनि १५ हजार ८ सय ३२ पाउण्ड जरिवाना गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
