इहेनाचोको गोलले लेस्टर हारबाट जोगियो
काठमाडौं। बैकल्पिक खेलाडी केलेची इहेनाचोको गोलमा लेस्टर सिटीले गएराति काराबाओ कपको सेमिफाइनलमा एस्टन भिल्लासँग १-१ को बराबरी खेलेको छ।
किंग पावर रंगशालामा बैकल्पिक खेलाडी इहेनाचोले खेल सकिन १६ मिनेट बाँकी रहँदा जेमी भार्डेको पासलाई नियन्त्रणमा लिदै विपक्षी दुई रक्षकको बीचबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।
नियमित गोलकिपर टोम हिटोन र फरवार्ड वेस्ले घाइते भएपछि एस्टन भिल्ला जितका लागि संघर्ष गरिरहेको छ।
तथापी २८औं मिनेटमा फ्रेडेरिक गुइलबर्टले अनवार इल-घाजीको क्रसमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिएका थिए।
इज्री कोन्साको हेड बारमा लागेर फर्किएपछि एस्टन भिल्लाले अग्रता बढाउने मौका गुमायो।
त्यस्तै जेम्स म्याडिसन र भार्डेको प्रहारलाई एस्टन भिल्लाका गोलकिपर ओर्जन नेल्यान्डले बचाइदिएपछि घरेलु टोली लेस्टर दबाबमा परेको थियो।
दोस्रो लेग भिल्ला पार्कमा २८ जनवरीमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्