विश्व नम्बर एक जोकोभिचले नाडालविरुद्ध खेल्ने एजेन्सी। फ्रान्समा दोस्रो उपाधि जित्ने लक्ष्यमा रहेका नोभाक जोकोभिचले गएराति इटालीका माटेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्। विश्व नम्बर एक सर्बियाका जोकोभिचले नवौं वरियाताका बेरेट्टिनीलाई ६–३, ६–२, ६–७(५/७), ७–५ को सेटमा हराएका हुन्। १८ पटक ग्राण्डस्लाम जितिसकेका ३४ वर्षे जोकोभिचले अब फइनल प्रवेशका लागि तेस्रो वरियाताका राफेल नाडालविरुद्ध खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्