नाडाल फ्रेन्च ओपनको अन्तिम चारमा
काठमाडौं। कीर्तिमानी २१औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडालले गएराति अर्जेन्टिनाका डिएगो स्वाट्जमनलाई ३–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्। कीर्तिमानी १३ पटक फ्रेन्च ओपन जितिसकेका नाडालले दशौं वरियाताका स्वाट्जमनलाई ६–३, ४–६, ६–४, ६–० को सेटमा हराएका हुन्। तेस्रो वरियाताका नाडालले अब फाइनल प्रवेशका लागि विश्व नम्बर नोभाक जोकोभिचविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्
