युरोकपअघि इजरायलमाथि पोर्चुगलको शानदार जित एजेन्सी। युरोकपको तयारीमा रहेको साबिक विजेता पोर्चुगलले मैत्रीपूर्ण खेलमा इजरायलमाथि ४–० को शानदार जित निकालेको छ। पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले ४२ र ९०औं मिनेटमा तथा क्रिष्टियानो रोनाल्डोले ४४औं र कानसेलेले ८६औं मिनेटमा एक–एक गोल गरे। फर्नान्डेसले रोनाल्डोको गोलका लागि पास समेत उपलब्ध गराएका थिए। साबिक विजेता पोर्चुगलले आगामी मंगलबार हंगेरीविरुद्धको खेलबाट युरोकपको यात्रा सुरु गर्दैछ।
प्रतिक्रिया दिनुहोस्