दक्षिण कोरियासँग श्रीलंकाको फराकिलो हार एजेन्सी। शिन–वुक किमको दुई गोलप्रेरित दक्षिण कोरियाले आज विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा श्रीलंकालाई ५–० को फराकिलो अन्तरमा हराएको छ। दक्षिण कोरियाका लागि किमबाहेक दोङ–केयोङ ली, ही–चान ह्वाङ, साङ–बिन जुङले एक एक गोल गरे। जितपछि समूह ‘एच’मा दक्षिण कोरिया १३ अंकका साथ शीर्ष स्थानमा छ। श्रीलंकाले अंकबिहीन छ। तुर्किमिनिस्तानसँग हारेको लेबनान दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्