उल्भरह्याम्पटनको प्रशिक्षकमा लग
एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनले बेनफिकाका पूर्व प्रशिक्षक ब्रुनो लगलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लगले बेनफिका जानुअघि सेफिल्ड वेनस्डे र स्विान्सी सिटीमा कार्लोस कार्भाहालको सहायकका रुपमा काम गरेका थिए। ४५ वर्षे लगले बेनफिकाबाट २०१९ मा पोर्चुगलको लिग जितेका थिए। नुनो स्प्रिरिटो सान्टोले सिजन समाप्तिसँगै क्लब छाडेपछि उल्भरह्याम्पटनमा मुख्य प्रशिक्षकको स्थान खाली थियो।
प्रतिक्रिया दिनुहोस्
