न्युजिल्यान्डका कप्तान विलियम्सन दोस्रो टेष्टमा नहुने
एजेन्सी। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इङ्ल्यान्डविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन्। बायाँ कुहिनामा चोट लागेका विलियम्सनले मार्चमा सम्पन्न बंगलादेशविरुद्धको एकदिवसीय शृंखला पनि गुमाएका थिए। अहिले ३० वर्षे केनको त्यही चोट बल्झिएको छ। विलियम्सनको अनुपस्थितिमा ओपनिङ ब्याट्सम्यान टम लाथमले न्युजिल्यान्डको कप्तानी गर्नेछन्। उनको स्थानमा विल योङ टिमा आउनेछन्। त्यस्तै तिब्र गतिका बलर ट्रेन्ट बोल्ट पनि टिममा फर्किने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्
