नौ स्थानमाथिको स्विटेकलाई हराउँदै सकारी पहिलोपटक सेमिफाइनलमा
एजेन्सी। ग्रिसकी मारिया सकारीले पोल्यान्डकी इगा स्विटेकलाई २–० को सेटमा हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन्। १७औं वरियाताप्राप्त २५ वर्षिया सकारीले आठौं वरियाताकी स्विटेकलाई ६–४, ६–४ को सेटमा हराएकी हुन्। सकारीले यसअघि चौथो वरियाताकी सोफिया केनिनलाई २–० ले सोझो सेटमा हराएकी थिइन्। पहिलोपटक ग्राण्ड स्लाममा स्थान बनाएकी सकारीले अब बारबोरा क्रेज्किकोभाविरुद्ध खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्
