क्रेज्किकोभा पहिलोपटक ग्राण्ड स्लामको सेमिफाइनलमा एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले अमेरिकाकी १७ वर्षिया कोको गउफलाई २–० को सोझो सेटमा हराउँदै फ्रोन्च ओपनको अन्तिम चारमा स्थान बनाएकी छन्। ३२औं वरियाताकी क्रेज्किकोभाले २४औं वरियाताकी गाउफलाई ७–६(८/६), ६–३ ले हराएकी हुन्। क्रेज्किकोभा ग्राण्डस्लाममा पहिलोपटक सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन्। क्रेज्किकोभाले तेस्रो चरणमा पाँचौं वरियाताकी एलिना स्भितोलिनालाई ६–३, ६–२ ले हराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्