चेक गणतन्त्रले अल्बानियालाई हरायो एजेन्सी। युरो–२०२० को तयारीमा रहेको चेक गणतन्त्रले गएराति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अल्बानियालाई ३–१ ले पराजित गरेको छ। चेक गणतन्त्रका प्याट्रिक स्चिक, लुकास मासोपुष्ट र ओन्द्रेज सेलुस्ट्काले गोल गरे। अल्बानियाका सोकोल चिकालेशीले गोल गरे। यसअघि चेक गणतन्त्र इटालीसँग ४–० ले पराजित भएको थियो। समूह ‘डी’ मा रहेको चेक गणतन्त्रले १४ जुनमा स्कटल्यान्डविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ।
प्रतिक्रिया दिनुहोस्