उरुग्वेले तेस्रो स्थानमा उक्लने मौका गुमायो एजेन्सी।लुइस स्वारेजको उरुग्वे आज बिहान सम्पन्न दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा भेनेजुयलासँग बराबरीमा रोकिएको छ।दुई पटकको विश्वकप विजेता उरुग्वेले अधिकांश समय बल नियन्त्रणमा राखे पनि गोलका गर्न भने असफल रह्यो। बराबरीपछि उरुग्वे तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। उरुग्वे आठ अंकका साथ चौथो स्थानमा छ। ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ। भेनेजुयला चार अंकका साथ नवौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्