चिली बोलिभियासँग बराबरीमा रोकियो
एजेन्सी।दुई पटकको कोपा अमेरिका विजेता चिली दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियासँग १–१ को बराबरीमा रोकिएको छ। चिलीले इरिक पुल्गारको गोलबाट ६९औं मिनेटमा अग्रता लिएको थियो। ८२औं मिनेटमा बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमा बराबरी गोल फर्काए। ६ खेलबाट ६ अंक जोडेको चिली सातौं स्थानमा छ। समान खेलबाट पाँच अंक जोडेको बोलिभिया आठौं स्थानमा छ। सतप्रतिशत नतिजासहित ब्राजिल शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्
