रुसकी पाभ्लेयुचेन्कोभा फ्रेन्च ओपनको सेमिफाइनलमा
एजेन्सी। रुसकी एनास्टासिया पाभ्लेयुचेन्कोभाले आफ्नो युगल स्पर्धाकी जोडी २१औं वरियाताकी एलिना रेबाकिनालाई ६–७(२/७), ६–२, ९–७ को सेटमा हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएकी छिन्। ३१औं वरियाताकी पाभ्लेयुचेन्कोभा ग्राण्डस्लामको सेमिफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। २९ वर्षीया पाभ्लेयुचेन्कोभाले अब फाइनल प्रवेशका लागि स्लोभेनियाकी टमारा जिदानसेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्
