इक्वेडर पेरुसँग स्तब्ध एजेन्सी। क्रिष्टियन कुएभा र लुइस एड्भिनकुलाको गोलमा पेरुले आज बिहान दक्षिण अमेरिकी विश्वकप छनोटमा इक्वेडरलाई २–१ ले हरायो। पेरुका कुएभाले ६३ तथा एड्भिनकुलाले ८९औं मिनेटमा गोल गरेका थिए। इक्वेडरका गोन्जालो प्लाटाले अन्तिम मिनेटमा गोल गरे। हारपछि इक्वेडरले दोस्रो स्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने मौका गुमायो। इक्वेडर ९ अंकका साथ तेस्रो स्थानमा छ। पेरु चार अंकका साथ अन्तिम स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्