जेरेभ फ्रेन्च ओपनको सेमिफाइनलमा
एजेन्सी। छैटौं वरियाताका एलेक्जेन्डर जेरेभले स्पेनका एलेजान्द्रो डभिडोभिच फोकिनालाई ३–० को साझो सेटमा हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्। जर्मनीका २४ वर्षे जेरेभले फोकिनामाथि ६–४, ६–१, ६–१ को सेटमा सहज विजय हासिल गरेका हुन्। जेरेभले अब फाइनल प्रवेशका लागि पाचौं वरियाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसविरुद्ध खेल्नेछन्। जेरेभ र सिटसिपस फ्रान्समा पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।
प्रतिक्रिया दिनुहोस्
