मानेलाई अफ्रिकन वर्ष खेलाडी अवार्ड

काठमाडौं। लिभरपुलका फरवार्ड सडियो मानेले अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन्।

कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) को प्रदान गरेको अवार्डमा मानेले लिभरपुलकै सहयात्री मोहम्मद सालाह र म्यानचेस्टर सिटीका विंगर रियाद माहरेजलाई पछि पारेका हुन्।

२७ वर्षिय मानेले गत सिजन लिभरपुलबाट ३० गोल गरेका थिए भने क्लबलाई क्लबलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए।

उनले यस सिजन पनि लिभरपुलबाट १५ गोल गरिसकेका छन्। लिभरपुल अहिले इङ्लिस प्रिमियर लिगमा १३ अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ।

"म साँच्चिकै खुशी छु र यो अवार्ड जित्न पाउँदा गर्व लागेको छ। फुटबल मेरो काम हो र म यसलाई माया गर्छु," मानेले भने, "मेरो परिवार, राष्ट्रिय टीम, फेडेरेसन र लिभरपुलका सम्पुर्ण साथी तथा कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो लागि यो विशेष दिन हो।"

मानेले इजिप्टको हर्गाडामा आयोजित एक समारोहमा अवार्ड थापेका थिए। तर, यसअघि लगातार दुई पटक यो अवार्ड जितेका सालाह र माहरेज दुबै जना अवार्ड समारोहमा उपस्थित थिएनन्।

माने पछिल्लो तीन वर्षदेखी यो अवार्डको शीर्ष तीनमा पर्दै आएका थिए।

अफ्रिकन वेष्ट ११ मा इङ्लिस प्रिमियर लिगको बर्चश्व रह्यो। ११ मध्ये ६ खेलाडी प्रिमियर लिगबाट थिए।

टीम अफ दी इयरको अवार्ड भने अल्जेरियाले जित्यो। त्यस्तै युवा खेलाडीको अवार्ड अर्चफ हाकीमीले जिते।

प्रतिक्रिया दिनुहोस्