बडोसा पहलोपटक ग्राण्डस्लामको क्वार्टरफाइनलमा
एजेन्सी। स्पेनकी पाउला बडोसाले २०१९ की उपविजेता मार्केटा भोड्रोउसोभालाई २–१ ले पराजित गर्दै पहिलोपटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। ३३औं वरियाताप्राप्त बडोसाले २०औं वरियाताप्राप्त चेक गणतन्त्रकी भोड्रोउसोभालाई ६–४, ३–६, ६–२ को सेटमा हराएकी हुन्। बडोसाले ग्राण्डस्लामको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो हो। बडोसाले अब सेमिफाइनल प्रवेशका लागि रुसकी एनास्तासिया पाभ्लेउचेन्कोभाविरुद्ध खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्
