पाभ्लेउचेन्कोभा एक दशकपछि फ्रेन्च ओपनको क्वार्टरफाइनलमा एजेन्सी। एनास्तासिया पाभ्लेउचेन्कोभाले २०११ पछि पहिलोपटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। ३१औं वरियाताप्राप्त रुसकी पाभ्लेउचेन्कोभाले पूर्व विश्व नम्बर एक भिक्टोरिया अजरेन्कालाई ५–७, ६–३, ६–२को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। पाभ्लेउचेन्कोभाले तेस्रो वरियाताकी आर्यना साबलेन्कालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएकी थिइन्। उनले अब सेमिफाइनलका लागि सेरेना विलियम्स र एलेना रेबाकिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्