बिना वरियाती जिदानसेकले रचिन् इतिहास एजेन्सी। स्लोभेनियाकी टमारा जिदानसेकले रोमानियाकी सोराना सिर्सिआलाई ७–६(७/४), ६–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। बिना वरियाताकी २३ वर्षिया जिदानसेक पहिलोपटक ग्राण्डस्लामको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन्। योसँगै उनी ग्राण्डस्लामको क्वार्टरफाइनल पुग्ने स्लोभेनियाको पहिलो महिला खेलाडी पनि बनिन्। जिदानसेकले यसअघि फ्रेन्च ओपनमा पहिलो चरण पार गर्न सकेकी थिइनन्।
प्रतिक्रिया दिनुहोस्