इङ्ल्यान्डलाई जितका लागि २७३ रनको लक्ष्य
एजेन्सी। न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा इङ्ल्यान्डले जितका लागि २७३ रनको लक्ष्य पाएको छ। ६३/२ को स्थितिबाट पाँचौ दिन थालेको न्युजिल्यान्डले १६८/६ रनको स्थितिमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि इङ्ल्यान्डले उक्त लक्ष्य पाएको हो। न्युजिल्यान्डले पहिलो इनिङमा ३७८ रन बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा २७५ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्
