जोर्डनविरुद्ध पनि जित्नकै लागि खेल्नेछौं– अल्मुताइरी काठमाडौं। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप तथा एसियन कप छनोटमा जोर्डनविरुद्ध पनि जित्नका लागि खेल्ने बताएका छन्। सोमबार जोर्डनविरुद्धको खेलअघि अल्मुताइरीले भने, ‘‘धेरैले हामी कमजोर आँकेर जोर्डनविरुद्धको जित्ने सम्भावना नहरेको बताएका छन्। हरेक खेल शुन्यबाट सुरु हुन्छ। हामी जित्नका लागि खेल्नेछौं। हाम्रो लक्ष्य एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो। त्यसका लागि पनि हामीलाई जित्नुपर्छ।’’
प्रतिक्रिया दिनुहोस्