जोर्डनविरुद्ध नेपालको विगत
काठमाडौं। विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपालले सोमबार जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कोभिड–१९ महामारीका कारण घरेलु मैदानमा खेल्ने मौका गुमाएको नेपालले जोर्डनविरुद्ध यसअघि तीन खेल विश्वकप छनोटमा खेलेको थियो। २३ जुलाई २०११ मा नेपाल ९–० ले हारेको थियो। २८ जुलाई २०११ मा नेपालले १–१ को बराबरी खेल्यो। १५ अक्टोबर २०१९ मा नेपाल ३–० ले हारेको थियो।
प्रतिक्रिया दिनुहोस्
