भीसा ढिलो आएपछि सन्दिपले गुमाए भाइटालिटी टी-२० ब्लास्ट काठमाडौं। भीसाका कारण नेपाली लेग स्पिनर सन्दिप लामिछाने अनुपस्थित हुने भएपछि इंग्ल्यान्डको भाइटालिटी टी-२० ब्लास्ट क्रिकेट प्रतियोगितामा सन्दिप आवद्ध टिम वोर्सेस्टरशायर र्‍यापिड्सले न्युजिल्यान्डका स्पिनर इस सोधीलाई टिममा अनुबन्ध गरेको छ। भीसा ढिलो आएपछि सन्दिपले जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको प्रतियोगिता गुमाउनु परेको हो। भिसाका कारण प्रतियोगिता गुमाएका सन्दिपले सामाजिक सञ्जालमा दुखेसोसमेत पोखेका छन्।
प्रतिक्रिया दिनुहोस्