विश्वकप छनोटमा श्रीलंका लेबनानसँग पराजित
एजेन्सी। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा श्रीलंका आज लेबनानसँग ३–२ ले पराजित भएको छ। श्रीलंकाले अहमद वासिम रजिकको गोलबाट अग्रता लिए पनि हार टार्न सकेन। लेबनानका जोन औमारीले दुई तथा मोहम्मद केडोहले एक गोल गरे। श्रीलंकाका लागि अर्को गोल रजिकले पेनाल्टीमा गरे। समूह ‘एच’मा श्रीलंका अंकबिहीन छ। दश अंक जोडेको लेबनान दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्
