स्वीडेनको सहज जित
एजेन्सी। युरोपियन च्याम्पियनसिपको तयारीमा रहेको स्वीडेनले गएराति आर्मेनियालाई ३–१ ले पराजित गरेको छ। स्वीडेनको जितमा इमिल फोर्सबर्ग, मार्कुस ड्यानिल्सन र मार्कुस बर्गले गोल गरे। आर्मेनियाका भाहन भिचखच्यानले गोल गरे। १९९२ मा सेमिफाइनल खेलेको स्वीडेनले १४ जुनमा स्पेनविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। स्वीडेनले समूह ‘ई’मा स्पेनबाहेक पोल्यान्ड र स्लोभाकियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्
