डी ब्रुयना सोमबार बेल्जियम टिममा फर्किने एजेन्सी। नाकको सामान्य शल्यक्रियापछि मिडफिल्डर केभिन डी ब्रुयना सोमबारबाट बेल्जियम टिममा फर्किने भएका छन्। म्यानचेस्टर सिटीका २९ वर्षे डी ब्रुयनाको च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किदा नाक भाँचिएको थियो। ‘‘२० मिनेटको शल्यक्रिया भयो। सबै राम्रो छ’’, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने। विश्व नम्बर एक बेल्जियम पहिलो ठूलो उपाधि जित्ने लक्ष्यमा छ। डी ब्रुयना बेल्जियमको महत्वपूर्ण खेलाडी हुन्।
प्रतिक्रिया दिनुहोस्