एस्टन भिल्लाले बुन्डिया भित्र्याउन कीर्तिमानी रकम खर्चने
एजेन्सी।एस्टन भिल्लाले क्लबको कीर्तिमानी रकममा नर्विच सिटीका मिडफिल्डर इमिलियानो बुन्डियालाई अनुबन्ध गर्ने भएको छ। अर्जेन्टिनाका २४ वर्षे बुन्डियाले यसअघि आर्सनलको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए। एस्टन भिल्ला बुन्डियालाई तीन करोड ३० लाख पाउन्ड तिर्न तयार भएको छ। नर्विच सिटी प्रिमियर लिगमा फर्किदा बुन्डिया च्याम्पियनसिपमा प्लेयर अफ दी सिजन भएका थिए। उनले १५ गोल गरे भने १६ गोलमा अवसर सिर्जना गरिदिए।
प्रतिक्रिया दिनुहोस्
