चौथो दिन सकिँदा न्युजिल्यान्ड १६५ रनले अगाडि एजेन्सी। इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा चौथो दिन सकिँदा न्युजिल्यान्ड १६५ रनले अगाडि छ। वर्षाले प्रभावित बनेपछि तेस्रो दिन खेल सम्भव भएको थिएन्। १११/२ को स्थितिबाट चौथो दिन थालेको इङ्ल्यान्डले २७५ रन बनाउँदा सबै विकेट गुमायो। इङ्ल्यान्डका रोरी बर्न्सले १३२ रन बनाए भने न्युजिल्यान्डका टिम साउथीले ६ विकेट लिए।पहिलो इनिङमा ३७८ रन बनाएको न्युजिल्यान्ड चौथो दिन सकिँदा ६२/२ को स्थितिमा छ।
प्रतिक्रिया दिनुहोस्