युरो-२०२० अघि वेल्सको निराशाजनक नतिजा एजेन्सी। दर्शक रंगशाला फर्किएको खेलमा वेल्सले गएराती अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अल्बानियाविरुद्ध गोलरहित बराबरी खेल्यो। १८ महिनापछि वेल्सको रंगशालामा दर्शक फर्किएका हुन्। ६ हजार ५०० दर्शक उपस्थित थिए। वेल्सले १२ जुनमा स्विट्रजरल्यान्डविरुद्धको खेलबाट युरो-२०२० को सुरवात गर्नेछ। समूह 'ए' मा वेल्सले स्विट्जरल्यान्डसँगै टर्की र इटालीविरुद्ध खेल्नेछ। युरो-२०२० अघिको मैत्रीपूर्ण खेल वेल्सका लागि निराशजनक रह्यो। वेल्स यसअघि फ्रान्ससँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्