सहज जितसँगै नाडाल फ्रेन्च ओपनको अन्तिम १६ मा
एजेन्सी। तेस्रो वरियाताका राफेल नाडालले बेलायतका क्यामरुन नोरीलाई ६-३, ६-३, ६-३ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन्। नाडालले १३ पटकका फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्। २० पटकको ग्राण्डस्लाम विजेता नाडालले अब इटालीका जानिक सिन्नरविरुद्ध खेल्नेछन्। १८औं वरियाताका सिन्नरले स्विडेनका मिकाइल यमर ६-१, ७-५, ६-३ को सेटमा हराएका हुन्।
प्रतिक्रिया दिनुहोस्
