संघर्षपूर्ण जितपछि फेडेरर अन्तिम १६ मा एजेन्सी। पूर्वविश्व नम्बर एक रोजर फेडेररले जर्मनीका डोमिनिक कोफरमाथि संघर्षपूर्ण जित निकाल्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन्। आठौं वरियाताप्राप्त स्विट्जरल्यान्डका फेडेररले जर्मनीका कोफरलाई ७-६(७-५), ६-७(३-७), -६(७-४), ७-५ को सेटमा हराएका हुन्। २० पटकका ग्राण्डस्लाम विजेता फेडेररले अब नवौं वरियाताप्राप्त इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध खेल्नेछन्। बेरेट्टिनीले दक्षिण कोरियाका क्‍वोन सुन–वुलाई हराएका थिए।
प्रतिक्रिया दिनुहोस्