इङ्ल्यान्ड २७५ रनमा अलआउट, पहिलो इनिङमा १०३ रनले पछाडि
एजेन्सी। न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्ड २७५ रनमा अलआउट भएको छ। चौथो दिन थाल्दा इङ्ल्यान्ड १११/२ को स्थितिमा थियो। इङ्ल्यान्डका ओपनर रोरी बर्न्स ५९ र जो रुट ४२ रनको स्थितिमा थिए। बर्न्सले १३२ रन बनाए। रुट र ओली रोबिन्सनले समान ४२ रन बनाए। न्युजिल्यान्डका टिम साउनीले ६, काइल ज्यामिन्सनले तीन र नेइल वाग्नरले एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस्
