विश्वकप छनोटमा दक्षिण कोरियाको फराकिलो जित
एजेन्सी। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा दक्षिण कोरियाले आज तुर्कमेनिस्तानलाई ५-० ले हराएको छ। दक्षिण कोरियालको जितमा उइ-जो ह्वाङले दुई तथा ताई-ही नाम, योङ-ग्वोन किम, चाङ-हुन क्वानले समान एक गोल गरे। जितपछि दक्षिण कोरिया समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक भए पनि लेबनान दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्
