फ्रेन्च ओपन : चौथो वरीयताकी केनिन अन्तिम १६ मा एजेन्सी। चौथो वरीयताकी सोभिया केनिनले उत्कृष्ट पुनरागमनमा जेसिका पोगुलालाई २-१ ले हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएकी छिन्। अमेरिकाकी २२ वर्षीया केनिनले आफ्नै देशकी २८ औं वरीयताकी पेगुलालाई ४-६, ६-१, ६-४ को सेटमा हराएकी हुन्। उनले अब ग्रीसकी मारिया साक्कारी र बेल्जियमकी इलिस मार्टेन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्