पाँचौं वरीयताकी स्भितोलिना पनि बाहिरिन् एजेन्सी। पाँचौं वरीयताकी एलिना स्भितोलिना फ्रेन्च ओपनको तेस्रो चरणबाटै बाहिरिकी छिन्। युक्रेनकी स्भितोलिना चेक गणतन्त्रकी बारबोरा क्रेजकीकोभासँग ६-३, ६-२ को सोझो सेटमा हारिन्। क्रेजकीकोभाले अब स्लोनी स्टीफन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। २०१७ को युएस ओपन विजेता तथा २०१८ की फ्रेन्च ओपन उपविजेता स्टीफन्सले १८ औं वरीयताकी क्यारोलिना मुचोभालाई ६-३, ७-५ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएकी हुन्।
प्रतिक्रिया दिनुहोस्