सङ्क्रमण बढ्दो : आज ५,०४२ जनामा देखियो कोरोना सङ्क्रमण
काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५,०४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ११,४७१ पीसीआर परीक्षणमा ३,५४० र ५,३४३ एन्टिजेन परीक्षणमा १,५०२ जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,८५,१०० पुगेको छ।
प्रतिक्रिया दिनुहोस्
