वावरिन्काले विम्बल्डन टेनिस पनि नखेल्ने
एजेन्सी। तीन पटकको ग्राण्ड स्लाम विजेता स्टेन वावरिन्काले चोटका कारण विम्बल्डन टेनिसबाट नाम फिर्ता लिएका छन्। उनले चोटका कारण जारी फ्रेन्च ओपन पनि खेलेका थिएनन्। स्विट्जरल्यान्डका ३६ वर्षे वावरिन्काको यसै वर्षको सुरुमा वायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो। गत मार्चमा कतार ओपनमा ल्योड ह्यारिससँग पराजित भएपछि वावरिन्काले खेलेका छैनन्। विम्बल्डन टेनिस २८ जुनबाट सुरु हुनेछ। वावरिन्का अहिले २४औं वरियातामा छन्।
प्रतिक्रिया दिनुहोस्
