बायर्नका फरवार्ड चोउपो-मोटिङको सम्झौता नवीकरण
एजेन्सी। बायर्न म्युनिखले फरवार्ड इरिक म्याक्सिम चोउपो-मोटिङसँगको सम्झौता थप दुई वर्षका लागि नवीकरण गरेको छ। पीएसजीसँगको सम्झौता सकिएपछि चोउपो-मोटिङ गत अक्टोबरमा मात्र बायर्नमा अनुबन्धित भएका थिए। जर्मनीमा जन्मिएका क्यामरुनका फरवार्ड चोउपो-मोटिङले २२ बुन्डेसलिगा खेलमा तीन गोल गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
