सेरेनाको विजयी यात्रा निरन्तर, फ्रेन्च ओपनको अन्तिम १६ मा एजेन्सी। कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सल ड्यानियल कोलिन्सलाई ६–४, ६–४ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएकी छिन्। सातौं वरियाता प्राप्त अमेरिकाकी ३९ वर्षिया सेरेनाले अब एलिना रेबाकिनाविरुद्ध खेल्नेछिन्। सातौं वरियाताकी सेरेना अहिले प्रतियोगितामा सबैभन्दा उच्च वरियाताकी खेलाडी हुन्। रेबाकिनाले एलिना भेस्निनालाई ६–१, ६–४ को सेटमा हराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्