चेल्सी प्रशिक्षक टुचेलको सम्झौता नवीकरण एजेन्सी। चेल्सीका प्रशिक्षक थोमस टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। टुचेल अब २०२४ सम्म चेल्सीमै बस्ने भएका छन्। ४६ वर्षे टुचेलले शुरुमा चेल्सीसँग १८ महिनाको सम्झौता गरेका थिए। टुचेलको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने चौथो स्थानमा रहेर प्रिमियर लिगको उपाधि जितेको थियो। टुचेलले आउनुअघि चेल्सी लिगको नवौं स्थानमा थियो भने लगातार पाँच खेलमा पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्