एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले एफए कपको चौथो चरणमा च्याम्पियनसिपको क्लब ब्रिस्टोल सिटी र लिग वानको क्लब श्रेसबरी टाउनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ।

गएराति सार्वजनिक गरिएको खेल तालिकाअनुसार साविक विजेता म्यानचेस्टर सिटीले फुलह्यामसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै चेल्सीले पनि दोस्रो श्रेणीको क्लब हलसिटीविरुद्ध खेल्नेछ।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीले च्याम्पियनसिपको क्लब ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ।

म्यानचेस्टर युनाइेटड र उल्भरह्याम्पटनबीचको विजेताले वाटफोर्ड र ट्रानमेरेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

आर्सनलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा अझै प्रिमियर लिगका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

साउथह्याम्पटनले मिडल्ब्रो र टोटेनह्यामबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। वेष्ट ह्यामले वेष्ट बुमसँग खेल्दा नर्विच सिटीले बर्नलीसँग प्रतिस्पर्धा गर्नेछ।

एफए कपमा चौथो चरणका खेलहरुः

हल सिटीविरुद्ध चेल्सी

साउथह्याम्पटनविरुद्ध मिडल्ब्रो वा टोटेनह्याम

क्विन्स र्पाक रेन्जर(क्युपिआर)विरुद्ध शेफिल्ड वेनसडे

बर्नमाउथविरुद्ध आर्सनल

नर्थह्याम्पटन टाउनविरुद्ध डर्बी काउन्टी

ब्रेन्टफोर्डविरुद्ध लेस्टर सिटी

मिलवालविरुद्ध शेफिल्ड युनाइटेड

रिडिङ वा ब्लाकपुलविरुद्ध कार्डिफ सिटी वा कार्लाइल युनाइटेड

वेष्ट ह्याम युनाइटेडविरुद्ध वेष्ट ब्रोम

बर्ननीविरुद्ध नर्विच सिटी

ब्रिस्टोल रोभर्सविरुद्ध कोभेन्ट्री सिटी वा बर्मिङघम सिटी

म्यानचेस्टर सिटीविरुद्ध फुलह्याम

रोचडेलविरुद्ध न्युक्यासल युनाइटेड वा अक्फोर्ड युनाइटेड

पोर्टसमाउथविरुद्ध बार्नसले

ब्रिस्टोल सिटी वा श्रेसबरी टाउनविरुद्ध लिभरपुल

प्रतिक्रिया दिनुहोस्