सिरी ‘ए’ मा रोनाल्डोको पहिलो ह्याट्रिक

काठमाडौं। क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा पहिलो ह्याट्रिक गरेको दिन युभेन्टसले गएराति कागलिएरीविरुद्ध ४-० को सहज नतिजा निकालेको छ।

दोस्रो हाफको शुरूमै रागनर क्लाभनले गरेको गल्तिको फाइदा उठाउँदै रोनाल्डो युभेन्टसलाई अग्रता दिएका थिए।

६७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।

कागलिएरीका मार्को रोगले पाउलो डिबालालाई फाउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको हो।

पोर्चुगलका फरवार्ड रोनाल्डोले मिलाइदिएको पासमा गोल्जालो हिग्विनले अर्को थपे।

खेल सकिन आठ मिनेट बाँकी रहँदा डगलस कोष्टाको पासमा रोनाल्डो गोल गर्दै ह्याट्रिक गरे। खेल करियरमा रोनाल्डोको यो ५६औं ह्याट्रिक हो।

२०१८ मा रियाल मड्रिडबाट नौ करोड ९२ लाख पाउण्डमा युभेन्टस आएपछि रोनाल्डो अहिले सबभन्दा राम्रो लयमा छन्।

उनले सिरी ‘ए’ को पछिल्ला सबै तीन खेलमा गोल गरेका थिए।

युभेन्टसमा रोनाल्डो यो दोस्रो ह्याट्रिक हो। उनले यसअघि च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध पनि ह्याट्रिक गरेका थिए।

त्यसपछि पनि उनले पोर्चुगलका लागि तीन ह्याट्रिक गरिसकेका छन्।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनाल्डो एलेक्सिस सान्चेजपछि इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र सिरी ‘ए’ तीन वटै लिगमा गोल गर्ने पहिलो खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्