यु–१९ युरोपियन च्याम्पियनसिपको फाइनलमा पोर्चुगल र जर्मनी भिड्ने एजेन्सी। जर्ज कुएन्काले आत्मघाती गोल उपहारमा पोर्चुगलले स्पेनलाई १–० ले हराउँदै यु–२१ युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। पोर्चुगलको जितमा स्पेनका कुएन्काले ८०औं मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बन्यो। पोर्चुगलले अब उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीले नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। जर्मनीका फ्लोरिन विट्जले दुई गोल गरे। नेदरल्यान्ड्सका पेर स्चर्सले गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्